कांग्रेस बैठकमा ७ जनाले राखे धारणा, अर्को बैठक शुक्रबार
सारांश
- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ।
- बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक बसेको थियो।
- बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि पुन: बैठक बस्ने भएको छ।
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । असोज २८ मा प्रारम्भ भएको बैठक बिहीबार भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो ।
बैठकको प्रारम्भमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराए भने भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमै बैठक पुनः बस्ने जानकारी दिए ।
आजको बैठकमा ७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरूमा डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वड रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण