काठमाडौंको प्लानिङ ब्वाइज बेलबारी गोल्डकपको फाइनलमा
काठमाडौं । काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लब बेलबारी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बेलबारी-११ लक्ष्मीमार्गस्थित मैदानमा बिहीबार भएको सेमिफाइनलमा आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले फाइनल यात्रा पक्का गरेको हो ।
खेलको चौथो मिनेटमा प्लानिङ ब्वाइजले अग्रता लियो । जर्सी नम्बर १८ का चन्दन दासले ११ नम्बर जर्सीका सविन लुङ्गेली मगरको पासमा गोल गरे । गोल भएको तेस्रो मिनेटमा आयोजक एलएक्स सिटीका जर्सी नम्बर १४ का विजय उरावको सशक्त प्रहार गोलकिपर योगेश धिमालले मुस्किलले बचाए ।
आयोजक एलएक्स सिटीका जर्सी नम्बर ९ का उज्वल राईले पाएको वान भर्सेज वानको गोल गर्ने अवसर गुमाएका थिए । उनले प्रहार गरेको गोल पोलको बारबाट बाहिर गएको थियो । मध्यान्तरअघिको खेल प्लानिङ ब्वाइजको दबाबमा थियो ।
मध्यान्तरपछिको ३२ औं मिनेटमा आयोजकका गोलकिपरको हातबाट फुस्केको बलको फाइदा लिँदै प्लानिङ ब्वाइजका जर्सी नम्बर ७ का प्रतापसिंह राईले २ गोलको अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा प्लानिङ ब्वाइजका जर्सी नम्बर १० का रोम भुजेलले मध्य भागबाट एक्लै छक्याउँदै पोस्टमा गरेको प्रहार गोलमा परिणत भयो ।
अब प्लानिङ ब्वाइजले शुक्रबार हुने दोस्रो सेमिफाइनल अन्तर्गत सहलेश युथ क्लब सिरहा र भोजपुर फुटबल संघबिचको विजेतासँग कात्तिक १ गते भिड्नेछ । बिहीबारको खेलमा म्यान अफ द म्याच प्लानिङ ब्वाइजका रोमन भुजेल घोषित भए ।
बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राइस मिल मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण