क्रिकेट
विश्वकप छनौट: कतारको सहज जित, सामाओ ८ विकेटले पराजित
बिहीबार, ३० असोज २०८२, २३ : ४९
सारांश
- कतारले टी-ट्वान्टी छनोटमा सामाओलाई ८ विकेटले पराजित गर्यो।
- सामाओले दिएको १२७ रनको लक्ष्य कतारले १५.१ ओभरमा पूरा गर्यो।
- कतारका जुबैर अली र मुहम्मद असीम लियाकत अलीले उत्कृष्ट प्रदर्शन गरे।
काठमाडौँ। विश्वकप टी–ट्वान्टी छनोट प्रतियोगितामा कतारले सामाओमाथि ८ विकेटको सहज जित हासिल गरेको छ। सुपर सिक्स चरणको खेलमा सामओले दिएको १२७ रनको लक्ष्य कतारले मात्र १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
पहिले ब्याटिङ गर्दै सामाओले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रन मात्र जोड्न सक्यो। सामओका बेन्जामिन माइलाटा ३५ रन र साउमानी टियाइ ३० अविजित रन बनाए ।
बलिङतर्फ कतारका मुहम्मद असीम लियाकत अली, ड्यानियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बैगले समान दुई-दुई विकेट लिए।
जवाफी ब्याटिङमा कतारका जुबैर अली र मुहम्मद असीम लियाकत अलीले उत्कृष्ट प्रदर्शन गरे। जुबैरले ४६ बलमा अविजित ५५ रन बनाए भने असीमले ३० बलमा अविजित ५३ रन जोडे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण