बेनीमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य
सारांश
- बेनी नगरपालिकाले लगातार तेस्रो वर्ष घरमा प्रसूति हुनेको संख्या शून्यमा झारेको छ।
- नगरपालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिँदै चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ।
- आव २०७८/७९ यता बेनी नगरपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ।
म्याग्दी । बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ ।
आर्थिक वर्ष २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो ।
प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य बनाइएको नगरप्रमुख सुरत केसीले बताए ।
“बेनी नगरपालिकामा बसोबास गर्ने शतप्रतिशत गर्भवतीले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन्”, उनले भने, “घरमा प्रसूति हुनेको सङ्ख्यालाई शून्यमा कायम राख्न चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”
बेनी नगरपालिकामा आव २०८१/८२ मा सुत्केरी भएका चार सय ३७ जनाले सुरक्षित प्रसूति सेवा लिएका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए । चालु आवको साउन र भदौमा सुत्केरी भएका ६६ जनाले पनि स्वास्थ्य संस्थामै पुगेर सुरक्षित प्रसूति सेवा लिएका उनले बताए ।
बेनी नगरपालिकामा आव २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७, २०८०/८१ मा तीन सय ९२ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताउँछ ।
जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् । दश वटा वडा रहेको बेनी नगरपालिकामा प्रदेश अस्पताल बेनी, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।
अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् । आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्य चौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण