शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

शुक्रबार, ३१ असोज २०८२, ०९ : ३५
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा प्रस्थान गरेका छन्।
  • महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने र विभिन्न देशका संसदका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
  • टोलीमा सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन्, र टोली कात्तिक ९ गते स्वदेश फर्किनेछ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्।

टोलीमा राष्ट्रियसभाका  सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप