जनताका वैध आकाङ्क्षाहरू पूरा गर्न समर्पित हुनुपर्छ : प्रधानमन्त्री कार्की
शुक्रबार, ३१ असोज २०८२, १४ : ४६
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले चुनौती दिएको बताइन्।
- उनले जनताका वैध आकाङ्क्षाहरू पुरा गर्न समर्पित हुनुपर्ने कुरा बताइन्।
- प्रधानमन्त्री कार्कीले कूटनीतिक निकायका पदाधिकारीहरूसँग छलफल गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले चुनौती दिएको भन्दै जनताका वैध आकाङ्क्षाहरू पूरा गर्न समर्पित हुनुपर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा कूटनीतिक निकायका पदाधिकारी र राजदूतहरूसँग छलफलका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
‘अब निष्क्रियताको कुनै ठाउँ छैन, हामीले जनताको वैध आकाङ्क्षाहरू पूरा गर्न फेरि समर्पित हुनैपर्छ’, प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा भनिन्, ‘आन्दोलन हाम्रो सामूहिक जिम्मेवारी, सुन्ने, जवाफ दिने, सुधार गर्ने र उपलब्ध गराउने, प्रति एउटा शक्तिशाली स्मरण बन्यो ।’
उनले यसले राम्रो शासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीप्रति जनताको गहिरो चाहनालाई प्रतिबिम्बित गरेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण