बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता ४ वटा गैँडा मरे

शुक्रबार, ३१ असोज २०८२, १७ : ५५
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा साउन यता चार गैँडा मृत फेला परेका छन्।
  • मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारण र एउटा विद्युतीय करेन्ट लागेर मरेका हुन्।
  • पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको गैँडा मृत भेटिएसँगै यस वर्ष चार पुगेको छ।

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता चार वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । तीमध्ये दुई वटा भाले एउटा पोथी र एउटाको पहिचान नखुलेको पाइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार मृत भेटिएका गैँडामध्ये तीन वटा प्राकृतिक कारणले मरेका हुन् भने एउटा विद्युतीय करेन्ट लागेर मरेको हो । पछिल्लो पटक अमलटारी क्षेत्रमा २५ वर्षको गैँडा मृत भेटिएसँगै यस वर्ष चार पुगेको हो ।

गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप