प्रहरी दिवसमा हास्य कलाकार किरण केसी सम्मानित
सारांश
- नेपाल प्रहरीको ७० औँ स्थापना दिवसमा हास्य कलाकार किरण केसीलाई सम्मान गरिएको छ।
- केसीले सातदोबाटोस्थित प्रहरी कार्यालयहरूको पुनर्निर्माणको नेतृत्व गरेका थिए।
- उनले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए, र प्रहरीसँगको सहकार्यको महत्व दर्शाए।
काठमाडौँ । नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा हास्य कलाकार किरण केसी ‘राता मकै’ लाई सम्मान गरिएको छ । नक्सालस्थित प्रहरी मुख्यालयमा शुक्रबार आयोजित समारोहमा आईजीपी चन्द्रकुबेर खापुङले केसीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।
जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले आगजनी गरेको प्रहरी वृत्त सातदोबाटो, ट्राफिक प्रहरी परिसर सात दोबाटो र प्रहरी प्रभाग इमाडोलको पुनर्निमाणको नेतृत्व हास्य कलाकार केसीले गरेका थिए ।
प्रहरी दिवसको अवसरमा आफूलाई सम्मान गरेकोमा केसीले प्रहरीको नेतृत्वलाई धन्यवाद दिएका छन् । उनले भने, ‘भवन निर्माणको श्रेय कार्यसमिति सदस्य र पवित्र मन भएका सङ्घ संस्थालाई दिन चाहन्छु, प्रहरीलाई धेरै धेरै धन्यवाद ।’
सातदोबाटोस्थित ट्राफिक प्रहरीका कार्यालय ९९ प्रतिशत सम्पन्न भएको र सात दोबाटो वृत्तको पुनर्निमाणको काम करिब ५ प्रतिशत बाँकी रहेको केसीले बताए । उनले भने– ‘जनता र प्रहरीको सहकार्य भयो भने सेवा सहज बनाउन सकिन्छ भन्ने उदाहरण यो पुनर्निमाणले देखाएको छ ।’
३ वटै भवन निर्माण समितिको अध्यक्ष केसी हुन् । यसभन्दा पहिले भवन निर्माणको बेलामा पनि कलाकार केसीले नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण