कास्कीमा राती १० बजेसम्म मात्रै देउसी खेल्न पाइने
सारांश
- कास्की जिल्ला प्रशासनले राति १० बजेपछि देउसी खेल्न रोक लगाएको छ।
- प्रशासनले तिहारलाई मर्यादित बनाउन र सुरक्षालाई ध्यान दिन आग्रह गरेको छ।
- पटाका र आतिशबाजीमा पूर्ण प्रतिबन्ध लगाइएको छ, र उल्लंघन गर्नेलाई कारबाही हुनेछ।
पोखरा । कास्कीमा राती १० बजेपछि देउसी खेल्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी १० बजेसम्म मात्रै देउसी खेल्न अपिल गरेको हो । तिहारको मुख्य आकर्षण नै देउसी भैलो भएकोले यसलाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले आग्रह गरेको हो ।
प्रशासन कार्यालयले नागरिकलाई सांस्कृतिक मर्यादा र मौलिकता भित्र रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्वको बेला सुरक्षालाई सर्वोच्च प्राथमिकता राखेको भन्दै प्रशासनले सार्वजनिक शान्ति भङ्ग गर्ने, गैरकानुनी कार्य गर्ने वा सुरक्षामा असर पार्ने जो कोहीमाथि तत्काल कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
कुनै पनि शङ्कास्पद गतिविधि देखेमा वा कानुन विपरीतका कार्य भएको पाएमा तुरुन्त नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन सबै नागरिकलाई अनुरोध गरेको छ । तिहारमा हुने पटका, आतिशबाजीको प्रयोगमा यस वर्ष पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।
यस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाउने र जनधनको क्षति हुन सक्ने भएकाले कडाइका साथ निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।
उनका अनुसार आतिशबाजी, पटका, विस्फोटक पदार्थ, र अन्य हानिकारक वस्तुको प्रयोग र ओसारपसार गर्न रोक लगाइएको छ । सूचना विरुद्धका गतिविधि गर्नेलाई कडा कारबाही हुने लम्सालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण