शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा खेल आयोजनाको विरोधमा ओभिएडो र एस्पानियोलका खेलाडीद्वारा १५ सेकेन्ड मौन विरोध

शनिबार, ०१ कात्तिक २०८२, २२ : १०
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • स्पेनिस ला लिगाले मियामीमा खेल आयोजना गर्ने निर्णयको विरोधमा खेलाडीहरूले १५ सेकेन्ड मौन विरोध गरे।
  • स्पेनिस फुटबल महासंघको निर्णयपछि खेलाडीहरूले विरोध जनाएका हुन्, जसमा पारदर्शिताको अभाव रहेको आरोप छ।
  • रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोले समेत यस निर्णयको विरोध गर्दै यसले प्रतिस्पर्धालाई विकृत पार्ने बताए।

म्याड्रिड । स्पेनिस ला लिगाले मियामीमा लिग खेल आयोजना गर्ने निर्णय गरेको विरोधमा ओभिएडो र एस्पानियोलका खेलाडीहरूले शुक्रबारको खेल सुरु भएको पहिलो १५ सेकेन्डसम्म नचली मौन विरोध प्रदर्शन गरे।

अगस्टमा स्पेनिस फुटबल महासङ्घ (आरएफईएफ) ले भिल्लारियल र बार्सिलोना बिचको खेल डिसेम्बर २० मा हार्ड रक स्टेडियम मा सार्ने योजनालाई अनुमोदन गरेपछि स्पेनमा असन्तुष्टि बढेको थियो।

स्पेनिस फुटबलर्स एसोसिएसन (एएफई) ले लिगको ‘पारदर्शिता, संवाद र सङ्गतिको अभाव’ विरुद्ध ‘प्रतीकात्मक रूपमा विरोध’ गर्नका लागि सबै ला लिगा क्लबका कप्तानहरूसँग समन्वय गरेको बताएको छ। यद्यपि, ला लिगाले आरोपहरू अस्वीकार गर्दै एएफईसँग ‘उपयोगी संवाद’ गर्न तयार रहेको जनाएको छ।

ओभिएडो र एस्पानियोलका खेलाडीहरूको विरोध प्रत्यक्ष प्रसारणमा देखाइएको थिएन। एएफईका अनुसार यस सप्ताहान्तका बाँकी ला लिगा खेलहरूमा पनि यस्तै प्रदर्शनहरू हुनेछन्। 

रियल म्याड्रिडका मुख्य प्रशिक्षक जाबी अलोन्सोले पनि यस खेलको विरोध गर्दै यसले प्रतिस्पर्धालाई विकृत पार्ने बताएका छन्। उनले सर्वसम्मति बिना तटस्थ भूमिमा खेल हुनु गलत भएको उल्लेख गरे। 

एएफईले बार्सिलोना र भिल्लारियलका खेलाडीहरूलाई भने विरोधमा भाग लिन नभनेको बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप