एन्फा प्रेसिडेन्ट लिगको टाइसिट सार्वजनिक, यो वर्ष पनि ए डिभिजन लिग नहुने संकेत
आइतबार, ०२ कात्तिक २०८२, १४ : ०४
काडमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्ष 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता आयोजना नगर्ने भएको छ। एन्फाले आइतबार ए डिभिजन लिगको साटो एन्फा प्रेसिडेन्ट लिगको टाइसिट सार्वजनिक गरेको हो।
एन्फाको यो निर्णयले यस सिजन नेपाली फुटबलको मुख्य घरेलु प्रतियोगिता नहुने निश्चित भएको छ। एन्फाका एक कार्यसमिति सदस्यले रातोपाटीसँग भने, ‘ए डिभिजन लिग हुँदैन। त्यसैले एन्फाले प्रेसिडेन्ट लिग गर्ने घोषणा गरेको हो।’

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण