सानिमा बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, ७.३६ प्रतिशत नगद लाभांश पारित
आइतबार, ०२ कात्तिक २०८२, १७ : ०७
काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतबार २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
संस्थापक शेयरधनीतर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख सभाबाट निर्बिरोध निर्वाचित भएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले रु. २.५७ अर्ब खुद नाफा आर्जन गरेको छ। सोही अवधिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब र खुद कर्जा सापटी रु. १८३.४५ अर्ब पुगेको छ।
गत आर्थिक वर्षको तुलनामा बैंकका निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९ प्रतिशत, ११.२२ प्रतिशत र १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण