रोलेक्स घडी फेसबुकमा राख्दै महावीरले भने– लगाएर हिँडेको भए बर्बादै हुने रहेछ
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई प्राप्त रोलेक्स घडी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
सञ्चारमन्त्री जगदीश खरेलले महँगो रोलेक्स घडी लगाएको चर्चाकाबिच शिक्षामन्त्री पुनले किताब बेच्दै गर्दा प्राप्त रोलेक्स घडी आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
रोलेक्स घडी सामाजिक सञ्जालमा राख्दै पुनले लेखेका छन्,'यो रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनु भयो। मैले लगाएर हिँडेको भएत बर्बादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ ।'
मन्त्री पुनले अगाडि लेखेका छन्, '३ वर्ष पहिला पनि युकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ । तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण