नेपाली कांग्रेस धनुषाका सभापति पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी
सारांश
- धनुषा जिल्ला अदालतले नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
- पञ्जियार र उनका छोरासहित अन्य व्यक्तिहरूलाई क्षिरेश्वरनाथ नगरपालिकाका एक व्यक्तिको जाहेरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको हो।
- घटना केही महिनाअघि नालाको विषयमा भएको विवादपछि कुटपिटसँग सम्बन्धित छ, र पञ्जियारले छठपछि अदालतमा उपस्थित हुने बताएका छन्।
धनुषा । नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
धनुषा जिल्ला अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित सात जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने सुशीलकुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६२ वर्षका पञ्जियार, उनका छोरा ३५ वर्षीय अमर पञ्जियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केही महिनाअघि नालाको विषयमा विवाद भएपछि कुटपिट भएको घटनामा पीडितले प्रहरीमा जाहेरी दिएपछि गत शुक्रबार अदालतबाट आरोपी विरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत धनुषाले जनाएको छ । यसैबिच सभापति पञ्जियारले विपक्षीले जाहेरी दिएको आधारमा पक्राउ पूर्जी जारी भएकाले छठपछि आफैँ अदालतमा उपस्थित हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण