ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिइने
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ।
- ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले ५० प्रतिशत, ७५ वर्षमाथिकाले ७० प्रतिशत र ८० वर्षमाथिकाले ८० प्रतिशत छुट पाउनेछन्।
- फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट दिइनेछ, र यो निर्णय आइतबारदेखि नै लागू हुनेछ।
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ । प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबिच आइतबार भएको बैठकको सहमतिअनुसार भाडा छुटको निर्णय भएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
सहमतिअनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडदरमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिने भएको छ । प्राधिकरणले सहमति भएका व्यवस्था आइतबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण