सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

सोमबार, ०३ कात्तिक २०८२, ०४ : ५६
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • आजको पञ्चाङ्गले वि.सं. २०८२ साल कार्तिक ३ गते, सोमबारको विवरण प्रस्तुत गर्दछ।
  • कुकुर तिहार र लक्ष्मी पूजाको बारेमा जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफल र बारबेलाको विवरण समावेश छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल कार्तिक ३ गते । सोमबार । ईश्वी सन् २०२५ अक्टोबर २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्दशी, दिउसो २ बजेर ५९ मिनेट उप्रान्त औशी । नक्षत्र– हस्त, बेलुकी ८ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग–वैधृती, रातको ३ बजेर ५० मिनेट उप्रान्त विष्कुम्भ । करण–शकुनी, दिउसो २ बजेर ५९ मिनेट उप्रान्त चतुष्पद, रातको ३ बजेर ४१ मिनेट उप्रान्त  नाग । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कन्या । कुकुर तिहार । लक्ष्मी पूजा ।

काठमाडौमा सूर्योदय बिहान ६ बजेर ७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २८ मिनेट । दिनमान २८ घडी २३ पला ।  

आजको बार बेला ।

  • बिहान ६ बजेर ७ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर ८ मिनेटदेखि बिहान ७ बजेर ३२ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर ३३ मिनेटदेखि बिहान ८ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ५८ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म काल बेला ।
  • बिहान ११ बजेर ४९ मिनेटदेखि दिउसो १ बजेर १४ मिनेटसम्म शुभ बेला ।
  • दिउसो १ बजेर १५ मिनेटदेखि दिउसो २ बजेर ३९ मिनेटसम्म रोग बेला ।
  • दिउसो २ बजेर ४० मिनेटदेखि बेलुकी ४ बजेर ४ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर ५ मिनेटदेखि बेलुकी ७ बजेर ४ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ४ बजेर ३ मिनेटदेखि बेलुकी ५ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त

बिहान ४ बजेर ३० मिनेटदेखि बिहान ५ बजेर १८ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।  खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्त्वाकाङ्क्षा समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उद्योग, शेयर बजार तथा उत्पादन मूलक व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित विषयहरू हल भएर जानेछन् । नाफामूलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्तापूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैङ्किङ तथा  शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा  शेयर बजारमा लगानी गर्ने समय रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ  । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप