सुदूरपश्चिम सरकारद्वारा विपिन जोशीको परिवारलाई २ लाख आर्थिक सहयोग
धनगढी । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमको कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख सहयोग उपलब्ध गराउने बताएका हुन् ।
२०८० असोज २३ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले हमासको आक्रमणमा ज्यान गुमाएका प्रत्येक परिवारलाई २/२ लाखका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको थियो।सोही निर्णय बमोजिम प्रदेश सरकारले अन्य ७ जना मृतकका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरिसकेको थियो ।
त्यस समयमा विपिन जोशीको अवस्था अज्ञात रहेकाले उनको परिवारलाई सहयोग उपलब्ध गराइएको थिएन।गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिमा स्नातक (बीएसस्सी एग्रिकल्चर) अध्ययन गरी लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इजरायलमा इन्टर्नसिप गर्न गएका थिए ।
मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण