१० बजे १० समाचार : गृहमन्त्रीको बोली– कानुनभन्दा माथि छैनन् ओली
आज २०८२ कात्तिक ३ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा गृहमन्त्रीको बोली : कानुनभन्दा माथि छैनन् ओली, गृहमन्त्रीले विदेश भागे भनेका पूर्वमन्त्री खड्का घरबाटै आए फेसबुकमा लाइभ, बिहान कुकुर तिहार; साँझ लक्ष्मीपूूजा मनाइयो, विपिन जोशीको शव घरमै पुरयाइयो, गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’, राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि आयोगमा निवेदन लगायत छन् ।
१. गृहमन्त्रीको बोली : कानुनभन्दा माथि छैनन् ओली
गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नरहेको बताएका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले पहिलाको जस्तो कानुनभन्दा माथि बस्ने छुट ओलीले अब नपाउने प्रस्ट पारे ।
२. गृहमन्त्रीले विदेश भागे भनेका पूर्वमन्त्री खड्का घरबाटै आए फेसबुकमा लाइभ
गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको भनेका पूर्वमन्त्री दीपक खड्का सोमबार आफ्नै घरबाट फेसबुक लाइभमा आएर समसामयिक विषयमा धारणा राखेका छन् ।
३. बिहान कुकुर तिहार, साँझ लक्ष्मीपूूजा मनाइयो
तिहार पर्व अन्तर्गत हिन्दु धर्मावलम्बीले सोमबार बिहान कुकुर तिहार मनाएका छन् । साँझ भने लक्ष्मी पूजा गरिएको छ ।
४. विपिन जोशीको शव घरमै पुर्याइयो
प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा मारिएका नेपाली युवा विपिन जोशीको शव सोमबार राति अबेर भीमदत्त नगरपालिका–३ स्थित उनकै घर पु¥याइएको छ । इजरायलबाट पठाइएको शव सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । त्यसपछि धनगढी हुँदै विपिनको शव उनकै घर पु¥याइएको हो ।
५. गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’
जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’ थालेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो मानवीय र भौतिक क्षति भएसँगै त्यसबारे वस्तुस्थिति बुझ्न भन्दै सेनाले गणपतिहरूलाई बोलाएको हो ।
६. राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि आयोगमा निवेदन
निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नाम गरेको नयाँ दल दर्ताका लागि निवेदन पेस भएको छ ।
७. ५० ठेकेदारसँग स्पष्टीकरणसहित संशोधित कार्यतालिका मागियो
सरकारले रुग्ण ठेक्का सम्झौता धमाधम तोड्ने प्रक्रिया सुरु गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक विभागअन्तर्गतका विभिन्न कार्यालयले काम नगर्ने थप ५० ठेकेदारलाई १५ दिनभित्र स्पष्टीकरणसहित संशोधित कार्यतालिका पेस गर्न भनेका छन् ।
८. सङ्क्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगका पदाधिकारी बर्खास्त गर्न माग
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोग ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग’का पदाधिकारीहरूलाई बर्खास्त गर्न द्वन्द्वपीडितले माग गरेका छन् ।
९. नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई दुर्व्यवहार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई एक जना अपरिचित युवकले दुर्व्यवहार गरेका छन् ।
१०. नर्सका समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याको स्थायी समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण