अपडेट
नागरिक उड्डयनका महानिर्देशकमाथि जेनजी युवकको दुर्व्यवहार
सोमबार, ०३ कात्तिक २०८२, १९ : ०३
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई एक जना अपरिचित युवकले दुर्व्यवहार गरेका छन् ।
सातदोबाटोबाट आफ्नो घर तर्फ जाँदै गर्दा सोमबार आफूलाई जेनजी बताउने युवकले दुर्व्यवहार गरेका हुन् ।
अधिकारीले घटनाबारे सुरक्षा निकायमा जानकारी गराएका छन् । घटनाबारे बुझ्ने काम भइरहेको ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने,‘सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाएका छौँ ।’
अधिकारी अहिले सुरक्षित आफ्नो घरमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण