नर्सका समस्या समाधानका लागि १४ सदस्यीय उच्चस्तरीय समिति गठन, सात दिनभित्र प्रतिवेदन पेस गरिने
सारांश
- स्वास्थ्य मन्त्रालयले नर्सहरूको समस्या समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।
- समितिलाई सात कार्य दिनभित्र नर्सका समस्या समाधानका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ।
- समितिको पहिलो बैठकले सातवटै प्रदेशमा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याको स्थायी समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुशीला कार्कीले कात्तिक २ गते मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव प्रा डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा सरोकारवालाहरू सम्मिलित यो समिति गठन गरेकी हुन् ।
समितिलाई सात कार्य दिनभित्र नर्सका समस्या समाधानका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । लामो समयदेखि पटक–पटक उठिरहेका नर्सिङ पेसाका चुनौतीहरूको स्थायी समाधान खोज्ने उद्देश्यले यो पहल गरिएको हो ।
समितिको मिति कात्तिक २ गते बसेको पहिलो बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ । आन्दोलनरत नर्सहरूले उठाएका समस्याहरूको विषयमा स्थलगत अनुगमन एवं छलफल गरी समस्या समाधानका लागि उपयुक्त सुझाव पेस गर्ने उद्देश्यले सातवटै प्रदेशमा अनुगमन समिति गठन गरिएको छ ।
यी प्रदेशस्तरीय अनुगमन समितिहरू नेपाल नर्सिङ सङ्घको संयोजकत्वमा रहनेछन् । प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्सहरूको प्रतिनिधिको सहभागिता रहने गरी यी समितिहरू गठन भएका मन्त्रालयले सोमबार जनाएको हो ।
समितिले छोटो समयावधि पाएको हुँदा भर्चुअल वा भौतिक उपस्थिति दुवैमा निरन्तर छलफल गर्ने सहमति गरेको छ । समस्याको स्थायी समाधानका लागि समितिका सबै सरोकारवाला सदस्यहरूको पूर्ण सहभागिता र सहमति आवश्यक हुनेमा पनि जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण