शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘भागेको अन्तर्वार्ता छापिएपछि पूर्वमन्त्री खड्का नेपाल फर्किनुभयो’

सोमबार, ०३ कात्तिक २०८२, १६ : ०३
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तर्वार्तामा दीपक खड्का भागेको बताएपछि उनी नेपाल फर्केको दाबी गरे।
  • अर्यालले खड्का स्थलमार्गबाट भारत गएको स्वीकारेको बताए, अन्तर्वार्ता छापिएपछि उनी नेपाल आए।
  • खड्काले आफू भागेको कुराको खण्डन गर्दै पत्रकार सम्मेलन गरेपछि गृहमन्त्री अर्याल विवादमा परे।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर आफूले अन्तर्वार्ता दिएपछि उनी नेपाल फर्केको दाबी गरेका छन्।

सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वमन्त्री खड्काले स्वयं नै आफू स्थलमार्गबाट भारत गएको स्वीकार गरेको बताए। उनले आफूले अन्तर्वार्ता दिँदा पूर्वमन्त्री खड्का नेपालमा नरहेको दाबी गर्दै भने, ‘मैले कुन दिन बोलेको थिएँ, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो? अन्तर्वार्ता छापिएपछि आउनुभयो नि उहाँ त।’

आइतबार सञ्चारमाध्यममा गृहमन्त्री अर्यालले पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममा रहेको भनी अन्तर्वार्ता दिएका थिए। सोमबार खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री अर्याल विवादमा मुछिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप