राष्ट्रिय जेनजी पार्टी नामक दल दर्ता गर्न आयोगमा निवेदन
सारांश
- निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निवेदन पेश गरिएको छ, जसमा किरण विक अध्यक्ष छन्।
- जेनजी पार्टीले क्रस खुकुरी चुनाव चिन्ह माग गरेको छ, तर आयोगले परिवर्तन गर्न सुझाव दिएको छ।
- आइतबार नेपाल लिबरल पार्टी दर्ताका लागि पनि निवेदन परेको छ, जसले सिक्का चुनाव चिन्ह मागेको छ।
काठमाडौँ । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी नामको दल दर्ताका लागि निवेदन परेको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन आएको र दर्ता नम्बर ५३९ रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार निवेदनमा क्रस खुकुरी निर्वाचन चिह्न माग गरिएको छ । तर उक्त निर्वाचन चिह्न परिवर्तन गर्न सुझाव दिएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।
त्यस्तै जेनजी पार्टीको उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य तथा सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको जनाइएको छ । सोती बुटवलबाट जेनजी आन्दोलनमा भूमिका निभाएका युवा अभियन्ता भएको बताइएको छ । उक्त पार्टीको प्रारम्भिक केन्द्रीय कमिटी २१ जनाको रहने बताइए पनि सदस्यहरूको नाम खुलाइएको छैन । उक्त पार्टीको कार्यालय ठेगाना अनामनगर उल्लेख छ ।
त्यस्तै आयोगमा आइतबार नेपाल लिबरल नामको पार्टी दर्ताका लागि पनि निवेदन परेको आयोगका प्रवक्ता भट्टराईले जनाए । उनका अनुसार उक्त पार्टीको चुनाव चिह्न सिक्का माग गरिएको छ । दुवै निवेदन आयोगले दर्ता गरे पनि थप निर्णय गरिसकेको छैन ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण