अपडेट
जेनजी प्रदर्शनको वस्तुस्थिति बुझ्न सेनाले बोलायो गणपतिहरू
सोमबार, ०३ कात्तिक २०८२, १५ : १७
सारांश
- जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर सोधपुछ गरेको छ।
- भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो क्षति भएपछि सेनाले वस्तुस्थिति बुझेको हो।
- भविष्यमा यस्ता प्रदर्शन हुन सक्ने आकलन गर्दै सेनाले गणपतिहरूसँग सुझाव लिएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनपछि सेनाले गणपतिहरूलाई जङ्गी अड्डामा बोलाएर ‘सोधपुछ’ थालेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ठुलो मानवीय र भौतिक क्षति भएसँगै त्यसबारे वस्तुस्थिति बुझ्न भन्दै सेनाले गणपतिहरूलाई बोलाएको हो ।
जङ्गी अड्डा स्रोतका अनुसार सिंहदरबार स्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) गणेश खड्का, भवानीबस गण सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कुल तेघरी ब्यारेकका शिव भडेललाई बोलाएर सोधपुछ गरिएको छ ।
भविष्यमा पनि यस्ता प्रदर्शन हुनसक्ने आकलन गरेर गणपतिहरूसँग पृष्ठपोषण लिने काम भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए ।
सुरक्षा चुनौती सामना गर्न आवश्यक पृष्ठपोषण लिने काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण