अपडेट
विपिन जोशीको शव धनगढीबाट महेन्द्रनगर लगिँदै
सोमबार, ०३ कात्तिक २०८२, १९ : २९
काठमाडौँ । हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव धनगढी ल्याइएको छ ।
काठमाडौँबाट नेपाली सेनाको स्काई ट्रकमा ल्याइएको उनको शव धनगढी विमानस्थलमा अवतरण गराइएको हो ।
विमानस्थलबाट उनको शवलाई एम्बुलेन्समार्फत महेन्द्रनगरस्थित उनको घरतर्फ लगिँदै छ । धनगढीको महाप्रस्थानबाट उनको शवयात्रा महेन्द्रनगरका लागि अघि बढेको हो ।
जोशीको पार्थिव शरीर आज राति घरमा पुर्याइने र भोलि (कार्तिक ४ गते) उनको दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।
यसअघि जोशीको शव आजै दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू तथा सरकारी उच्च अधिकारीहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।त्यसपछि उनको शवलाई सेनाको स्काई ट्रकमा धनगढी पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण