केपी ओली अब कानुनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल
सोमबार, ०३ कात्तिक २०८२, १६ : ००
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताए।
- उनले ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई 'कानुन मान्दिनँ भनेको' बताए।
- अर्यालले ओलीलाई उपत्यका नछाड्न सरकारले नभई छानबिन आयोगले भनेको जानकारी दिए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्। सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई 'कानुन मान्दिनँ भनेको' भन्ने संज्ञा दिए।
गृहमन्त्री अर्यालले 'केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको जस्तो अब नहुने' स्पष्ट पारेका छन्। उनले भने, ‘यो चाहिँ कानुन मान्दिन भनेको हो, उहाँले । केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने पहिलाको चाँही त्यस्तो थियो । अहिले हुँदैन ।’
उनले ओलीलाई उपत्यका नछाड्न सरकारले नभई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगले भनेको जानकारी पनि दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण