गृहमन्त्री अर्याललाई कलाकारले दिए यस्ता सुझाव
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले कलाकारको टोली बोलाएर भेटघाट गरे।
- भेटमा कलाकारहरूले समसामयिक परिस्थितिबारे छलफल गरे र सुझाव दिए।
- कलाकारहरूले चुनाव समयमै सम्पन्न गर्न र शहीदलाई न्याय दिन सुझाव दिए।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले कलाकारको एक टोलीलाई बोलाएर भेट गरेका छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कलाकारसँग भेट गरेका हुन् । मन्त्री अर्याललाई भेट्न कर्मा, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायत पुगेका थिए ।
समसामयिक परिस्थितिका विषयमा छलफलका लागि बोलाएपछि आफूहरू गृहमन्त्री भेट्न मन्त्रालय पुगेको कलाकार ऋचा शर्माले बताइन् ।
‘उहाँले सबै क्षेत्रको मान्छेहरू बोलाएर आफूहरूको कामको विषयमा छलफल गरिरहनु भएको छ’, शर्माले भनिन् ‘आफूहरूले गरिरहेको काम बाहिरबाट हेर्दा कस्तो देखिरा छ । बाहिरबाट हेर्दा हामीले गरेका काम तथा कुराहरूमा के महसुस गर्नु भएको छ । भनेर सोध्नु भयो ।’
विभिन्न क्षेत्रमा न्युटल व्यक्तिहरूसँग भेटेर छलफल गर्ने क्रममा आफूहरू पनि परेको शर्माले जानकारी दिइन् । भनिन्, ‘मन्त्रीले कसरी अझै बेटर गर्न सकिन्छ, के के कुरा पुगिरहेको छैन भन्ने विषयमा समेत छलफल गर्नुभयो ।’
मन्त्री शर्माले कलाकारको तर्फबाट सुझाव समेत मागेका थिए । सो क्रममा आफूहरूले भइरहेको र गरिरहेको कामको सूचना खुलस्त दिन सुझाएको ऋचाले बताइन् ।
कलाकारले २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न, जेनजी आन्दोलनका शहीदलाई न्याय दिनसहितका सुझाव दिइएको मन्त्रीसँगको भेटमा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण