बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पाल्पामा कुटपिटबाट महिलाको हत्या

मङ्गलबार, ०४ कात्तिक २०८२, १२ : ३३
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • पाल्पाको माथागढीमा एक महिलाको कुटपिटबाट हत्या भएको छ।
  • ७६ वर्षीया फूलमाया जिसीको हत्यामा संलग्न ३७ वर्षीय मिनबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
  • घाइते ८२ वर्षीय प्रेमबहादुर जिसीलाई उपचारका लागि बुटवल पठाइएको छ र घटनाको अनुसन्धान भइरहेको छ।

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।

विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

गएराति १२ः३५ बजे प्रहरीलाई खबर आउना साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो । घरमै लुकिछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कुटपिटमा धारिलो हतियारसमेत प्रयोग भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप