बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

महिला एकदिवसीय विश्वकप : पाकिस्तान बाहिरियो, दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियो

बुधबार, ०५ कात्तिक २०८२, ०७ : ०४
बुधबार, ०५ कात्तिक २०८२

सारांश

  • वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १५० रनले पराजित गर्यो, जसले गर्दा पाकिस्तान प्रतियोगिताबाट बाहिरियो।
  • दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ३१२ रन बनाएको थियो, जसमा लौरा वोलभार्ड्टले ९० रन र सुने लुसले ६१ रन बनाए।
  • जवाफमा, पाकिस्तानले २० ओभरमा ८३ रन मात्र बनाउन सक्यो, दक्षिण अफ्रिकाका लागि अयाबोङ्गा खाका र मारिजान कापले उत्कृष्ट प्रदर्शन गरे।

कोलम्बो । वर्षाले प्रभावित खेलमा डिएलएस पद्धतिको आधारमा पाकिस्तानलाई १५० रनले पराजित गर्दै दक्षिण अफ्रिका महिला एकदिवसीय विश्वकपको तालिकाको शीर्ष स्थानमा फर्किएको छ । पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ।

वर्षाका कारण खेल दुई पटक रोकिएको थियो। ४० ओभरमा दक्षिण अफ्रिकाले तीन खेलाडीको अर्धशतक र नादिन डी क्लर्कको ४१ (१६) रनको विस्फोटक पारीको सहयोगमा ९ विकेट गुमाएर ३१२ रनको विशाल योगफल तयार पारेको थियो।

लगातार वर्षाका कारण पाकिस्तानलाई २० ओभरमा २३४ रनको लक्ष्य दिइएको थियो। तर, उनीहरूले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८३ रन मात्र बनाउन सके। यो हारसँगै पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिएको छ।

408203

दक्षिण अफ्रिकाका लागि लौरा वोलभार्ड्टले सर्वाधिक ९० रन र सुने लुसले ६१ रन बनाएर दोस्रो विकेटका लागि ११८ रनको साझेदारी गरे। मारिजान कापले ६८ रनमा अविजित रहिन्।

जवाफी ब्याटिङमा अयाबोङ्गा खाकाले पाकिस्तानकी मुनिबा अलीलाई दोस्रो ओभरमै आउट गरिन् भने कापले १० बलमा तीन विकेट लिँदै पाकिस्तानलाई ३५-४ को नाजुक अवस्थामा पुर्‍याएकी थिइन्। 

पहिले नै छनोट भइसकेको दक्षिण अफ्रिकाले यो जितसँगै अष्ट्रेलिया र इंग्ल्यान्डलाई पछि पार्दै एक अङ्कले अग्रता लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप