राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ : अध्यक्ष ओली
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती रहेको बताएका छन्।
- ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्र हितमा एकजुट हुनुपर्ने बताएका छन्।
- उनले नेपाल संवत्को शुभकामना दिँदै एकता बलियो बनाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न आह्वान गरेका छन् । बुधबार नेपाल संवतको शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताएका छन् ।
‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली – हाम्रो शक्ति हो ।’
ओलीले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदल्दै सद्भावको सुगन्ध फैलाउनुपर्नेमा जोड दिएका छन् ।
‘राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना !’, ओलीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण