यस्तो छ चलचित्र ‘सोल्टिनी’ को नयाँ गीत
सारांश
- चलचित्र ‘सोल्टिनी’ को गीत ‘सुन सोल्टिनी’ सार्वजनिक भयो, जसमा प्रकाश सपूत र परीक्षा लिम्बुको अभिनय छ।
- अर्जुन सुवेदी निर्देशित यो चलचित्र अन्तरजातीय प्रेमकथामा आधारित छ र यसले 'युनिभर्सल' प्रमाणपत्र पाएको छ।
- यो चलचित्रले सामाजिक विभेद, समुदायको असमानता र प्रेममा हुने संघर्षलाई चित्रण गर्छ।
काठमाडौँ । भाइटिकाको दिनबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘सोल्टिनी’ को गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ । एसडी योगी र बेनिशा पौडेलको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत प्रशान्त शिवाकोटी र कोरियोग्राफी शिशिर खातीको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बु बिचको आकर्षक केमेस्ट्री देखाइएको छ । ‘सोल्टिनी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ । अर्जुन सुवेदी निर्देशित चलचित्र अन्तरजातीय प्रेमकथामा आधारित रहेर निर्माण भएको हो ।
चलचित्रले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ । चलचित्रमा प्रकाश र परीक्षा लिम्बुसँगै विल्सनविक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण