जानकी मन्दिरमा पटका पड्काएर मिथिलाको छविमाथि दाग लगाइयो : महन्त दास
सारांश
- महन्त रामरोशन दासले जानकी मन्दिरमा दीपावलीको रात पटका पड्काएर शान्ति भङ्ग गरेकोमा दुःख व्यक्त गरे।
- उनले युवाहरूले मन्दिरमा पटाका पड्काउने र नाचगान गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे।
- महन्त दासले मन्दिरको मर्यादा जोगाउन सबैलाई जिम्मेवारीपूर्वक आचरण गर्न आग्रह गरे।
जनकपुरधाम । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकी मन्दिरमा दीपावलीको रात निरन्तर पटका पड्काएर शान्ति भङ्ग गरेको भन्दै सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘जानकी मन्दिर केवल इँट र ढुङ्गाको संरचना मात्र होइन, यो जनकपुरवासीको आत्मा हो । यहाँ भक्ति, शान्ति र मर्यादा रहनुपर्छ बारुद र पटाकाको आवाज होइन । मन्दिरको पवित्रता भङ्ग गर्ने यस्तो कार्य अत्यन्त निन्दनीय र दुःखदायक छ ।’
महन्त दासका अनुसार पछिल्ला वर्षहरूमा दीपावलीको रातमा मन्दिर परिसरभित्र युवाहरूले पटाका पड्काउने, नाचगान गर्ने र फोटो सेसनको प्रवृत्ति बढ्दै गएको छ ।
‘हामीले पटक–पटक अनुरोध गरेका छौँ, मन्दिरभित्र पटाका र आतिशबाजी नगर्नुहोस् । यो हाम्रो धर्म, संस्कार र परम्पराविपरीत हो । तर, केही युवाहरू अझै पनि बेवास्ता गर्छन् । यसले सम्पूर्ण मिथिलाको छविमाथि नै दाग लगाइरहेको छ’ उनले भने ।
दासले मन्दिरको मर्यादा जोगाउन सबै श्रद्धालु र स्थानीय युवाहरूले जिम्मेवारीपूर्वक आचरण गर्नुपर्नेमा जोड दिए ।
‘जानकी मन्दिर मिथिलाको हृदय हो । यहाँ भजन, आरती र शान्तिको स्वर गुन्जिनुपर्छ, पटाका र हल्ला होइन । यो पवित्रस्थलमा मर्यादा कायम राख्नु सबैको कर्तव्य हो,’ उनले भने । उनकाअनुसार ठुलो आवाज र आतिशबाजीका कारण मन्दिरभित्र रहेका साधुसन्तहरू त्रसित बनेका छन् ।
‘मिथिलाको संस्कृति सौम्यता, भक्ति र मर्यादामा टेकेको छ । हामी सबैले मिलेर जानकी मन्दिरको पवित्रता जोगाउनुपर्छ । पटाका र धुवाँले नभई दीप र भजनले नै जनकपुरधाम उज्यालो बनोस्, यही मेरो कामना हो,’ उनले जोड दिए ।
स्थानीयहरूका अनुसार धार्मिक स्थलमा बढ्दो पटाका प्रदर्शनले जनकपुरधामको धार्मिक छवि र संस्कारमाथि प्रश्न उठाएको छ । सामाजिक सञ्जालमा समेत धेरैले यसलाई ‘संस्कार र आस्थामाथिको प्रहार भन्दै आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण