आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सिँचाइ र पहिरो नियन्त्रणका लागि तनहुँमा १५ करोड रुपैयाँभन्दा बढीका योजना

बिहीबार, ०६ कात्तिक २०८२, ०९ : १४
बिहीबार, ०६ कात्तिक २०८२

सारांश

  • तनहुँको दमौलीस्थित सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा १५ करोड ७५ लाख बराबरका योजनाहरू सञ्चालन गरेको छ।
  • यस आयोजना अन्तर्गत देवघाट, शिशाघाट, भानु र शुक्लागण्डकीमा सिँचाइ तथा पहिरो नियन्त्रण योजनाहरू छन्।
  • कार्यालयले तनहुँ, लमजुङ, मनाङ र गोरखामा सिँचाइ, तटबन्धन र नदी नियन्त्रण सम्बन्धी काम गरिरहेको छ।

तनहुँ । तनहुँको दमौलीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालू आर्थिक वर्षमा सिँचाइ र पहिरो नियन्त्रणसम्बन्धी रु १५ करोड ७५ लाख बराबरका विभिन्न योजनाहरू सञ्चालन गरेको छ।

आयोजना प्रमुख सुपिन्द्र खत्रीका अनुसार, पाँचवटा ठूला आयोजनाका लागि रु तीन/तीन करोड बजेट विनियोजन गरिएको छ। यसमा देवघाट गाउँपालिका-५ को दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, शिशाघाट उपत्यका लिफ्ट सिँचाइ, भानु चुँदी वराह सिँचाइ आयोजना, शुक्लागण्डकी नगरपालिकाको टार बजार संरक्षण कार्यक्रम र देवघाट-५ स्थित गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रण समावेश छन्। यस्तै, मर्स्याङ्दी तथा दरौदी नदी नियन्त्रणका लागि रु ७५ लाख बजेट विनियोजन गरिएको छ।

यो कार्यालयले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा पनि काम गर्दै आएको छ। सिँचाइ आयोजना, तटबन्धन, स्पर, रिभेटमेन्ट निर्माण, जग्गा उकास र नदी नियन्त्रणजस्ता कार्यहरूका लागि कार्यालयले अध्ययन तथा सर्भेक्षण गरिरहेको प्रमुख खत्रीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप