शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनले सत्यको जित र भ्रष्टाचार अन्त्यको नारा बुलन्द गर्‍यो : प्रभु साह

बिहीबार, ०६ कात्तिक २०८२, ११ : ४२
बिहीबार, ०६ कात्तिक २०८२

रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा परिवर्तनका विभिन्न ऐतिहासिक आन्दोलनहरू मध्ये नयाँ पुस्ताको जनजी आन्दोलनले देशमा सत्य र न्यायको पक्षमा निर्णायक मोड ल्याएको बताएका छन् । 

हिन्दुहरूको महान् पर्व दीपावली, तिहार र लोक पर्व छठको अवसरमा बिहीबार रौतहटको कटहरिया नगरपालिका–५ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि रहँदै बोल्दै उनले भने–“देश र संसारमा लामो आन्दोलनको इतिहास छ– राणा विरुद्धको आन्दोलन, माओवादी जनआन्दोलन, मधेस आन्दोलन वर्षौँ चले। तर नेपालको दुई दिनको ,जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ।”

पूर्वमन्त्री साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई “इतिहासकै गल्ती” भन्दै ओलीलाई हत्यारा र भ्रष्टाचारीको प्रतीकका रूपमा व्याख्या गरे ।

साहले जेनजी आन्दोलनलाई नयाँ राजनीतिक युगको सुरुवात भन्दै दलतन्त्र र लुटतन्त्र समाप्त पार्ने आन्दोलनको स्वरूपमा व्याख्या समेत गरे । उनले तीन वर्ष अघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र रूपमा जनताको मतबाट जितेको प्रसङ्ग स्मरण गर्दै जनताको विश्वास नै आफ्नो शक्ति भएको बताए ।

उनले भने,“तीन वर्षदेखि सदनदेखि सडकसम्म म जनताको हकहितमा आवाज उठाउँदै आएको छु। भन्सार, वैदेशिक रोजगार, सहकारी पीडित, किसान र सुकुम्वासीका सवालमा लड्दै आएको छु। यो लडाइँ अझै पूरा भएको छैन, षड्यन्त्र जारी छ तर सत्य अन्ततः जित्नेछ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप