बेनी–दरबाङ सडक योजना ६ वर्षदेखि अधुरै, यात्रुलाई सास्ती
सारांश
- म्याग्दीको बेनी-दरबाङ सडकखण्ड कालोपत्रे गर्ने काम ६ वर्ष बितिसक्दा पनि पूरा भएको छैन।
- २०७६ मा सम्झौता भएर २०७८ मा सक्नुपर्ने योजनाको हालसम्म ८७ प्रतिशत मात्र काम भएको छ।
- सडक निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समस्या भएको छ।
म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्व बोकेको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत रणवाङ–दरवाङ खण्डको कालोपत्रे गर्ने काम ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।
मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्न वि.सं. २०७६ जेठ ३१ गते पूर्वाधार विकास कार्यालय म्याग्दी र बिरुवा–क्याराभान निर्माण कम्पनीबीच २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
वि.सं. २०७८ जेठमा सकिनुपर्ने यो योजनाको भौतिक प्रगति हालसम्म ८७ प्रतिशत मात्रै छ। कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार, ७ किलोमिटर लामो सडकको रणवाङ–तोलावाङ खण्डमा ३ किलोमिटर ३०० मिटर दूरीमा मात्र कालोपत्रे सकिएको छ।
म्याग्दीको ‘लाइफलाइन’ मानिने यो सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको यातायात व्यवसायी अर्जुन आचार्यले बताए। उनले तोलावाङ–दरबाङ खण्ड अझै अधुरै रहेको र धुलोका कारण स्थानीयलाई सास्ती भएको गुनासो गरे।
निर्माण कम्पनीका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, कोरोना महामारी र विपद्का कारण ढिलाइ भएको बताए। उनले पहिरो प्रभावितबाहेकका ठाउँमा काम सकिएको र चालु आर्थिक वर्षमा योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
बेनीलाई मङ्गला, मालिका र धौलागिरि गाउँपालिका तथा बागलुङको तमानखोला गाउँपालिकासम्म जोड्ने यो सडक निर्माणमा ठेकेदारले बारम्बार बहाना बनाएर ढिलाइ गरेको गण्डकी प्रदेशसभा सांसद रेशम जुग्जालीले बताएका छन्। उनले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएमा थप व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै निर्माण व्यवसायीलाई छिटो काम सक्न आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण