महोत्तरीको गौशाला बजारमा युवकको शव फेला
शनिबार, ०८ कात्तिक २०८२, १२ : ५२
सारांश
- महोत्तरीको गौशाला बजारमा २५ वर्षीय युवकको शव फेला परेको छ।
- प्रहरीले घटनास्थल मुचुल्का उठाई शव परीक्षणका लागि अस्पताल पठाएको छ।
- मृतक सर्लाहीका रामानन्द बैठा हुन्, जो गौशालाका होटलमा काम गर्थे।
महोत्तरी । जिल्लाको गौशाला बजारमा एक युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज एकाबिहानै एक २५ वर्षीय युवकको शव फेला परेको हो ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ । स्थानीयको भनाइअनुसार मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए ।
उनी केही समयदेखि बिरामी रहेको र सोही क्रममा गएराति उनको मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण