फिल्म ‘परान’ ले गर्यो १ लाख पुरस्कार दिने घोषणा, यस्तो छ पाउने तरिका
सारांश
- आगामी साता रिलिज हुने फिल्म 'परान' ले दर्शकलाई आकर्षित गर्न एक लाख पुरस्कार दिने घोषणा गरेको छ।
- फिल्मले 'मेरो परान' प्रतियोगिता घोषणा गर्दै पुरस्कार दिने भएको छ, जसमा सहभागी हुन आफ्नो 'परान' सँगको तस्बिर पोस्ट गर्नुपर्नेछ।
- 'परान' फिल्मको प्रचारका लागि स्वयंसेवकहरूले क्युआर स्क्यान गरी ट्रेलर सेयर गर्नेलाई कलाकारसँगै फिल्म हेर्ने अवसर दिइनेछ।
काठमाडौँ । आगामी साता (कात्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरूलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार राशि घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले हाल जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्बिर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुराहरू लेख्न पाउनेछन् । साथै उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।
निर्माण पक्षले सो तस्बिरमा आफ्नो परानका रूपमा बुबा, आमा वा बुबाआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमी प्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन् । त्यसरी पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले फिल्मको विशेष शो को टिकट पाउने छन् ।
यसैगरी ‘परान’ फिल्मको प्रचारमा केही स्वयंसेवकहरु फिल्मको क्यूआरसहित सहरका विभिन्न भागमा घुम्ने र शो क्रममा क्युआर स्क्यान गरी ‘परान’ फिल्मको ट्रेलर वा गीत सेयर गर्नेलाई फिल्मका कलाकारसँगै फिल्म हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरेको छ । ५० जना दर्शकलाई यो अवसर दिइनेछ । यस दुवै प्रतियोगितामा रिलिजको एक साता पछिसम्म अर्थात कार्तिक २० गतेसम्म सहभागिता जनाउन पाइनेछ ।
गोल्छा अर्गनाइजेसनका शेखर गोल्छासमेतको प्रत्यक्ष सहभागितामा निर्माण भएकोले पनि ‘परान’लाई नेपाली रजतपटले विशेष रूपमा हेरेको छ । यस्तै फिल्ममा शेखर गोल्छासँगै तीन दशकको इतिहास बोकेको प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रञ्जित आचार्यको लगानी छ । नेपाली बिजनेसको मार्केटमा छुट्टै पहिचान बनाएका यी दुई व्यक्तिको आगमनका कारण पनि एउटा सशक्त फिल्म बनेको अपेक्षासमेत दर्शकहरूमा छ ।
फिल्मले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ । फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर साहले अभिनय गरेका छन् । सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो फिल्म हो।
केहि समयअघि सार्वजनिक फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण