देउसीभैलो खेलेर जम्मा गरेको रकमबाट डस्टबिन वितरण
शनिबार, ०८ कात्तिक २०८२, १६ : १७
सारांश
- रौतहटको चन्द्रपुर नगरपालिकाका बालबालिकाहरूले देउसीभैलो खेलेर रकम जम्मा गरे।
- उक्त रकमबाट उनीहरूले चारवटा डस्टबिन किनेर सिन्दुरेघारी गाउँमा राखे।
- बालबालिकाहरूले सरसफाइ र सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन्।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९, सिन्दुरेघारी टोलका बालबालिकाहरूले देउसीभैलो खेलेर जम्मा गरेको रकम सत्कर्ममा लगाएका छन्।
टोल विकास संस्थाअन्तर्गतका प्रयास चौलागाईं, सुदिर्न चौलागाईं, रितेस रोक्का, कृजल दाहाल, सुनिल तामाङ, रिभा चौलागाईं, सिवाङ्घी चौलागाईं, आश्रेया थापा र गरिमा छेत्रीले देउसीभैलोबाट सङ्कलन गरेको ४ हजार ५ सय रुपैयाँबाट चारवटा डस्टबिन किनेका हुन्।
किनिएका डस्टबिनहरू सिन्दुरेघारी गाउँको चार स्थानमा राखिएको छ। स्थानीय बालबालिकाहरूले जन्मदिनको अवसरमा बिरुवा रोपेर सुरु गरेको "आफ्नो गाउँ, आफैँ हरियाली बनाऔँ" भन्ने अभियानलाई सरसफाइ र सामाजिक जिम्मेवारीसँग जोडेर उदाहरण प्रस्तुत गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण