अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनायो ।
अमेरिका लिग स्मिथ पटेलले ७५ रनको अर्धशतकीय पारी खेले । १०० बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यस्तै मिलन्थ कुमारले पनि ७० रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।
अमेरिकाका लागि साइतेजा मुकामल्लाले ४२ रन बनाउँदा शुभम रन्जानेले १९ रन बनाए ।बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल लिग–२ मा थप दुई अङ्क जोड्ने योजनामा छ । लिग–२ मा नेपाल १६ खेलबाट १२ अङ्कसँगै तालिकाको सातौँ स्थानमा छ । अमेरिका २० खेलबाट २८ अङ्कसँगै तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण