काम गरेर मात्रै बोल्ने नवनियुक्त खेलकुदमन्त्री गुप्ताको संकल्प
आइतबार, ०९ कात्तिक २०८२, १७ : ३९
सारांश
- नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गफ गरेर समय खेर नफाल्ने बताए।
- उनले काम गरेर देखाउने र मन्त्रालयको टिमसँग छलफल गरेर अघि बढ्ने बताए।
- मन्त्री गुप्ताले विगतमा मन्त्रीहरूले काम नगर्दा मुलुक बिग्रिएको कुरा उल्लेख गरे।
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् ।
आइतबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताए । विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाई थियो । उनले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने समेत बताए ।
यसअघि उनलाई मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल लगायतका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण