सम्बन्धविच्छेदपछि पत्नीलाई १० वर्षसम्म बिरालो पाल्ने खर्च दिन सहमत भए पुरुष
सारांश
- टर्कीमा सम्बन्धविच्छेदपछि एक पुरुषले १० वर्षसम्म बिरालोको हेरचाहका लागि पूर्वपत्नीलाई भत्ता तिर्नुपर्ने भयो।
- सम्बन्धविच्छेदको मामिलामा, पुरुषले हरेक तीन महिनामा १० लिरा तिर्नेछन्, यो आपसी सहमतिमा भएको हो।
- यो घटना 'नयाँ प्रकारको भरणपोषण'को उदाहरण बनेको छ, र यसले घरपालुवा जनावरको आर्थिक जिम्मेवारीबारे नजिर बसाउन सक्छ।
इस्तानबुल । सम्बन्ध विच्छेदको मामिलामा श्रीमतीलाई निर्वाह भत्ता दिनु वा छोराछोरीलाई लालनपालन खर्च दिनु सामान्य हो ।
तर टर्कीमा भने एक जना पुरुषले सम्बन्धविच्छेद गरेकी आफ्नी पत्नीलाई १० वर्षसम्म बिरालो पाल्ने खर्च दिनुपर्ने भएको छ ।
सम्बन्धविच्छेदको सर्तअनुसार बुग्रा बी नाम गरेका यी पृुरुषले पत्नीलाई हरेक तीन महिनामा १० लिरा (२४० अमेरिकी डलर) तिर्नुपर्ने छ । उनले आपसी सहमतिमा श्रीमतीसँग सम्बन्ध टुङ्ग्याउन उक्त भुक्तानीका लागि सहमति गरेका हुन् ।
जोडीले सम्बन्धविच्छेदको कारण ‘एक अर्कासँग गम्भीर असहमति र वैवाहिक सम्बन्धको आधार भत्किनु’ उल्लेख गरेका छन् । यसमा जोडीले एकअर्कासँग कुनै क्षतिपूर्ति वा भरणपोषण नलिने सहमति गरेका छन् । तर, उनीहरूको सम्झौतामा समावेश गरिएको एक अनौठो प्रावधान अहिले टर्कीमा मात्रै नभएर विश्वभर नै चर्चित बनेको छ ।
यसअनुसार जोडीले पालेका दुई बिरालोहरूको हेरचाह जिम्मा पतिले पत्नीलाई दिएका छन् । उनीहरूको लालनपालनको आर्थिक जिम्मेवारी पतिले लिएका छन् । बुग्रा बीले यसका लागि अधिकतम् १० वर्षसम्म पूर्वपत्नीलाई त्रैमासिक भुक्तानी दिनेछन् ।
हरेक वर्ष महँगी बढेको आधारमा भुक्तानी रकम समायोजन हुने बताइएको छ । टर्कीमा यो घटनालाई 'नयाँ प्रकारको भरणपोषण'को उदाहरणका रूपमा हेरिँदै छ। यसलाई भविष्यमा सम्बन्धविच्छेदपछि घरपालुवा जनावरको आर्थिक जिम्मेवारीसम्बन्धी नजिरका रूपमा पनि प्रयोग गर्न सकिने कानुनी विशेषज्ञहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण