वीरगन्जको ऐतिहासिक घडिअर्वा पोखरीबाट उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन (तस्बिरहरू)
सारांश
- वीरगन्जको घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भयो।
- छठ पर्व कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइन्छ, जसमा व्रतालुले व्रत लिन्छन्।
- सूर्यदेवको उपासना गरिने छठ पर्वमा ठेकुवा, भुसुवा, फलफूल र अन्य सामग्रीले सूर्यलाई अर्घ्य दिइन्छ।
पर्सा । वीरगन्जको ऐतिहासिक घडिअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न भएको छ । बिहानैदेखि व्रतालुहरू पोखरीमा उभिएर सूर्यलाई अर्घ्य दिन तयार भएर बसेका थिए ।
हरेक वर्ष कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।
_ZNv9RXD0MQ.jpg)
मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।
_FZOQuWY9tj.jpg)
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको छ ।
_MYRa4HwCgB.jpg)
सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।
_JNM0fb0QEM.jpg)
_kWRacLmLsz.jpg)
_02r12RLQQq.jpg)
_YewUb1E5nb.jpg)
_95GfnpfnSz.jpg)
_Kl4nKjxjaK.jpg)
_pCzbwjRtYi.jpg)
_dwAlYAXiqS.jpg)
_aEKge7v7mb.jpg)
_6m2C1EG8Kx.jpg)
_uGNHmrsiKe.jpg)
_6bN7vRFPpz.jpg)
_mX9dWgOnUR.jpg)
_ooKrMqVcJ1.jpg)
_kNkDAanQu3.jpg)
_NId1iAYRDV.jpg)
_AxrPM6KVT8.jpg)
_dLvzCcGYN0.jpg)
_ICEptMF3nB.jpg)
_pcM7GvwYXa.jpg)
_3PWZzbx5W5.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण