लिथुनियाले बन्द गर्यो बेलारुससँगको सीमा
सारांश
- लिथुनियाले बेलारुससँगको सीमा बन्द गरेको छ किनभने बेलुनहरूले हवाई क्षेत्रमा अनधिकृत प्रवेश गरेका थिए।
- प्रधानमन्त्री इन्गा रुगिनिएनले बेलारुसबाट आएका बेलुनहरूले युरोपेली संघ र नेटोको लचिलोपनको परीक्षण गरिरहेको बताइन्।
- लिथुनियाको सेनाले बेलुनलाई खसाल्न आवश्यक कदम चाल्ने कुरा समाचारमा उल्लेख छ।
भिल्नियस । लिथुनियाले बेलारुससँगको आफ्नो सीमा बन्द गरेको छ । लिथुनियाको हवाई क्षेत्रमा शृङ्खलाबद्ध रुपमा अनधिकृत रुपमा बेलुन छिरेपछि विदेश मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो । आफ्नो हवाई क्षेत्रमा घुसपैठका घटनाका कारण सारा युरोपेली देशहरूले सतर्कता अपनाइरहेकै समयमा यो निर्णय आएको हो ।
हालैका दिनमा बेलारुसबाट दर्जनौं हिलियम बेलुन लिथुनियाको हवाई क्षेत्रमा छिरेको लिथुनियाका प्रधानमन्त्री इन्गा रुगिनिएनले बताएकी थिइन् । निरंकुशहरूले फेरि एक पटक फेरि हाइब्रिड खतराहरू विरुद्ध युरोपेली संघ र नेटोको लचिलोपनाको परीक्षण गरिरहेको भन्दै सोमबार एक्समा एक पोस्टमा उनले हवाई क्षेत्रको उल्लङ्घन विरुद्ध एकताबद्ध रहन र दृढ प्रतिक्रिया जनाउन आह्वान गरेकी थिइन् ।
देशको सशस्त्र सेनाले बेलुनहरू खसाल्न सबै आवश्यक उपायहरू अपनाउने उनले एउटा पत्रकार सम्मेलनमा बताएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले एउटा समाचारमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण