ज्ञानु राणा 'पलेँटी'मा, तीन पुस्ताको सङ्गममा धर्मराज थापाको स्मरण गरिने
सारांश
- प्रसिद्ध गायिका ज्ञानु राणा अक्टोबर ३१ र नोभेम्बर १ मा पलेँटीको सांगीतिक कार्यक्रममा प्रस्तुत हुने भएकी छिन्।
- कार्यक्रममा ज्ञानु राणाका पिता धर्मराज थापाको स्मरण गरिनेछ भने छोरा विकाश जङ्ग राणाले गीत प्रस्तुत गर्नेछन्।
- कार्यक्रममा 'मान्छेको माया यहाँ', 'सिरीमा सिरी नि कान्छा', र 'च्याङ्बा होए च्याङ्बा' जस्ता गीतहरू प्रस्तुत हुनेछन्।
काठमाडौँ। नेपाली सङ्गीतको स्वर्णिमकाललाई सम्झाउने साङ्गीतिक कार्यक्रम 'पलेँटी' को यस अक्टोबर संस्करणमा प्रसिद्ध गायिका ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्। अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार अर्थात् अक्टोबर ३१ र नोभेम्बर १ मा नेपालयको 'आर'शाला, कालिकास्थानमा कार्यक्रम आयोजना हुँदैछ।
यो पलेँटीमा ज्ञानु राणाका पिताजी तथा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको विशेष स्मरण गरिनेछ। ज्ञानु राणाले आफ्ना सुपुत्र विकाश जङ्ग राणालाई पनि कार्यक्रममा सहभागी गराउँदैछिन्। विकाश जङ्गले धर्मराज थापाका लोकप्रिय गीतहरू सुनाउनेछन्। यसैले यसपालिको पलेँटीलाई 'तीनपुस्ते सृजनात्मक सङ्गम' को रूपमा लिइएको छ।
ज्ञानु राणाले गाएका ‘मान्छेको माया यहाँ’ (नारायण गोपालसँग), ‘सिरीमा सिरी नि कान्छा’, र ‘च्याङ्बा होए च्याङ्बा’ जस्ता अनगन्ती गीतहरू लोकप्रिय छन्। उनलाई गायक रूपक चौधरीले युगल गीतहरूमा साथ दिनेछन्।
पलेँटीका संयोजक आभासकाअनुसार, यो कार्यक्रम पुराना पुस्तालाई 'नोस्टल्जिक' बन्ने अवसर र नयाँ पुस्तालाई लोकप्रियताको 'अर्ग्यानिक सौन्दर्य' को अनुभूति दिने माध्यम बन्नेछ।
आयोजकका अनुसार कार्यक्रममा 'चौतारीमा मै बसे होला कि', 'भिज्यो तिम्रो रातो पछ्यौरी' लगायत डेढ दर्जन गीतहरू प्रस्तुत हुनेछन्। आयोजकले यसपालिदेखि प्रत्यक्ष कार्यक्रममा आउन नसक्ने सङ्गीत प्रेमीका लागि 'पे पर भ्यू प्ल्याटफर्म' समेत सुरु गरेको छ। निश्चित शुल्क तिरेर अब देश-विदेशबाटै पलेँटीको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्न सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण