बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

फिल्म ‘हिमालयन गोल्ड’को शुभ मुहूर्त

मङ्गलबार, ११ कात्तिक २०८२, १३ : ५३
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • छायालय फिल्मसले 'हिमालयन गोल्ड' नामक फिल्म बनाउने घोषणा गरेको छ।
  • फिल्मको छायांकन नोभेम्बरबाट सुरु हुने र यसमा परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ।
  • यो फिल्म १९९२ को पृष्ठभूमिमा आधारित छ, जसमा युवतीले लुटेरा समूहसँग गरेको संघर्ष देखाइनेछ।

काठमाडौँ । छायालय फिल्मसले ‘हिमालयन गोल्ड’ नामबाट फिल्म निर्माण गर्ने भएको छ । मंगलबार काठमाडौँस्थित कमलादी गणेस्थानमा शुभ मुहूर्त सहित फिल्मको घोषणा गरिएको हो ।

 ह्वाइट एलिफन्ट मोशन पिक्चरको निर्माण सहकार्य रहने फिल्मको छायाङ्कन आगामी नोभेम्बरदेखि सुरु हुनेछ ।

फिल्ममा परीक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायत कलाकारको अभिनय रहने छ ।

सन् १९९२ को पृष्ठभूमिमा तयार हुने फिल्मले गाउँकी एक युवतीले यार्सागुम्बा सङ्कलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नुपर्ने अप्ठ्यारा र सङ्घर्षको कथा उठाउनेछ । 

फिल्ममा लेखन र निर्देशन धिराज राजवंशी हुन् । राजवंशीले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्मको छायाङ्कन वशिष्ठ प्रधानले गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप