मुख्यमन्त्री सोनलले थाले विश्वासको मतका लागि परामर्श
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारी थालेका छन् । असोज २९ गते पाँच दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा शपथ लिएका सोनलले छठपछि विश्वासको मत लिने बताएका थिए ।
छठ सकिएसँगै विश्वासको मत लिने विषयमा उनले परामर्श सुरु गरेका छन् । सत्ता गठबन्धनको मुख्य दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मंगलबार मुख्यमन्त्री सोनलले भेटवार्ता गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारसँगै विश्वासको मत लिने विषयमा पनि छलफल भएको छ । भेटमा अध्यक्ष यादवले विश्वासको मतका लागि अन्य दलहरूसँग परामर्श गर्न सुवाद दिएका छन् ।
यादवले जेनजी आन्दोलनको भावना र मधेसको अधिकार, पहिचानलाई स्थापित गर्ने गरी सरकारको कामकारबाही अगाडि बढाउन पनि सुझाव दिएको मुख्यमन्त्री सोनलको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सोनलले कांग्रेस र एमालेसँग पनि छलफल थालेका छन् । कांग्रेस र एमालेले पनि विश्वासको मत दिने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण