केकी र अञ्जनाले दिपकसँग काम नगर्ने भन्दै लेखे स्ट्याटस, पछि सामूहिक माफी मागे
काठमाडौँ । अभिनेत्री केकी अधिकारी, अञ्जना बराइलीले निर्देशक दिपक आचार्यसँग काम नगर्ने भन्दै स्ट्याटस लेखे । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्ट्याटस लेखेका हुन् ।
केही समयअघि निर्देशक आचार्यले केकी र अञ्जनासँग आजको मितिबाट कहिल्यै काम गर्ने छैन भनेर पोष्ट गरेका थिए । त्यस्तै अभिनेत्री केकी र अञ्जनाले निर्देशक आचार्यसँग कसैले काम नगर्दा हुन्छ भन्ने पोष्ट गरेका थिए ।
उनीहरुले गरेको पोष्टलाई लिएर विभिन्न टिप्पणी पनि हुन थालेपछि उनीहरुले पोष्ट हटाउँदै उक्त पोष्ट प्रायंक(मजाक) भएको भन्दै माफी मागेका छन् ।
तीनै जानले माफी मागेको भिडियोमा निर्देशक आचार्यले भनेका छन्, ‘हामी तीन जनाले हालेको स्ट्याटस एउटा गेम थियो । ट्रसथएन्डडेयरको च्यालेन्ज थियो । अन्यथा नलिनु होला ।’
अञ्जनाले पनि उक्त स्ट्याटस फिल्म चलाउन गरेको फन्डा नसम्झन आग्रह गरेकी छन् । तीनै जनाले अहिले फेसबुक पोष्टबाट उक्त स्ट्याटस हटाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण