प्रहरी कार्यालय तोडफोड र हतियार लुटपाट आरोपमा १० जना पक्राउ
पोखरा । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाट गरेको आरोपमा १० जना पक्राउ परेका छन् ।
कास्की प्रहरीले भिडियो र फोटोहरूका आधारमा ट्रयाक गरेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भई पोखरा ४ बस्ने राजेश मग्राती, पोखरा ११ का अरुण विक, पोखरा ४ का नारायण साई, पोखरा १ कसेरीका रुपेश मगर छन् ।
यस्तै पोखरा १ कै दिपु साई, अन्नपूर्ण ५ नयाँपुलका लङबहादुर नेपाली, नयाँपुलकै अरविन विक, अन्नपूर्ण ६ हाइजुङका ग्रिस क्षेत्री पनि पक्राउ परेका छन् ।
अन्नपूर्ण ५ नयाँपुलका थमबहादुर सार्की र पूर्णबहादुर नेपालीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये जिल्ला प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने र आगो लगाउने ४ जना छन् भने बगरमा आगो लगाउने १ जना, नयाँपुल प्रहरी चौकीमा आगो लगाउने ५ जना छन् ।
सबैलाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६ दिनको म्याद थप भएको सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
आन्दोलनका क्रममा ४ दर्जनभन्दा बढी हतियार लुटपाट भएकोमा करिब २ दर्जनजति प्रहरीले बरामद गरिसकेको छ । अझै २ दर्जन हराइरहेकोले खोजी भइरहेको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण