बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मदिरा खाएर कार्यालय पुग्छन् मालपोतका सुब्बा सा'प

बुधबार, १२ कात्तिक २०८२, ११ : ३३
बुधबार, १२ कात्तिक २०८२

बुटवल । बर्दिया मालपोत कार्यालय गुलरियामा कार्यरत एक नायब सुब्बा मदिरा पिएर कार्यालय जाने गरेको पाइएको छ । 

नासु गोर्ख बहादुर खड्का हिजो (मंगलबार) दिउँसो मदिरा खाएरै कार्यालय प्रमुखको कार्यकक्षमा बसेका थिए । 

मदिराले लठ्ठ भएका खड्का सोफामा खुट्टा माथि राखेर बसेका स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा देखिन्छ । उनको उक्त कार्याले सेवाग्राहीको काम अप्ठ्यारोमा नपरे पनि कर्मचारी पोसाकमा कार्यालय समयमा मदिरा सेवन गरेको भन्दै उनको चर्को आलोचना भएको छ । उनको उक्त क्रियाकलापले कार्यालयको बेइज्जत भएको स्थानीयहरूले बताएका छन् । 

कार्यालय प्रमुख बालकृष्ण राना मगरले खड्काको क्रियाकलापलाई लिएर स्पष्टीकरण सोध्ने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । 

'हिजो उहाँले (खड्का) ले मदिरा सेवन गरेर आएपछि दिउँसो घरमा पठाइएको थियो, आज कार्यालय आउनुभएको छैन,' कार्यालय प्रमुख मगरले भने । यस घटनालाई गम्भीरतापूर्वक लिइएकाले लिखित रूपमै स्पष्टीकरण सोध्ने तयारी भइरहेको उनले बताए ।

मदिरा पिएर कार्यालय आएका नासु खड्का ३ वर्षदेखि यस कार्यालयमा कार्यरत छन् । उनी मालपोत कार्यालय गुलरियाको मुद्दा फाँटका प्रमुख हुन् । २८ वर्षदेखि सरकारी सेवामा बिताएका खड्का नेपालगञ्ज बस्ने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप