इटहरीमा १०८ शिवलिङ्ग स्थापना
काठमाडौं । सुनसरीको इटहरीमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ । कोशी प्रदेशको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा इटहरी–२ आयुर्वेदिक टोलमा शिवलिङ्ग स्थापना गरिएको हो ।
असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापन अवसरमा १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम कात्तिक १४ गतेदेखि २१ गतेसम्म आयोजना हुने जनाइएको छ ।
कार्यक्रम अन्तर्गत कात्तिक १४ गते कलश शोभा यात्रासहित सुरुवात हुनेछ भने कात्तिक १७ देखि १९ गतेसम्म विशेष प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । सो अवसरमा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता रहनेछ । भारतका दिल्ली, सिलीगुडी, सिक्किम, बिहारलगायत क्षेत्र र नेपालको काठमाडौँ, पोखरा, नवलपरासी, धरान, बराहक्षेत्र लगायतका स्थानबाट प्रतिनिधि आउने जनाइएको छ ।

भक्तपुरमा बनेको कलात्मक नेपाली इँटाबाट निर्मित आसन र नेपालकै शिलाबाट बनेको शिवलिङ्ग स्थापना गरिएको हो । शिवलिङ्गसँगै हनुमानको मूर्तिसमेत निर्माण गरिएको छ । करिब ३६ लाख रुपैयाँको लागतमा जमिनसहित १०८ शिवलिङ्ग निर्माण गरिएको हो, जसमा स्थानीय बासिन्दा, सङ्घ–संस्था, स्थानीय र प्रदेश सरकारको पनि सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रमका क्रममा धरानको पिण्डेश्वर बाबा धाम, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, विष्णुपादुका, बराहक्षेत्र धामलगायतका धार्मिक स्थलहरूबाट समेत संस्थागत प्रतिनिधित्व हुनेछ । सोही अवसरमा करिब एक घण्टा लामो सामूहिक शंखघोष र जलाभिषेक आराधना समेत आयोजना गरिनेछ ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका तीन दर्जनभन्दा बढी शाखाबाट प्रतिनिधित्व हुने कार्यक्रमलाई धार्मिक पर्यटनको नयाँ अध्यायको रूपमा हेरिएको छ । शिवलिङ्ग स्थापना स्थल नजिकै सडक मानव उद्धार केन्द्र माया घर नेपाल रहेको छ । आयोजकहरूले शिवलिङ्ग दर्शनका लागि आउने भक्तजनले त्यहाँका मानवसेवामा पनि सहकार्य गर्न सक्ने व्यवस्था गरिएको बताएका छन् ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा प्रदेश सरकारले सूचीकृत गरेका ८२ पर्यटन गन्तव्य स्थलहरूलाई यस अवसरमा प्रचारप्रसार गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण