इलाममा सवारी सञ्चालनमा रोक
बुधबार, १२ कात्तिक २०८२, १८ : ३९
काठमाडौँ । इलाममा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै मेची राजमार्गमा बिहीबार बेलुका ७ बजेदेखि बिहान ६ बजे सम्म अर्को सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।
जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था’ का कारण बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू–भागहरूमा मौसम प्रभावित हुने देखिएको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको हो ।
प्रतिकूल मौसमका कारण हुने अत्यधिक वर्षाका कारण राजमार्गमा सवारी आवागमनका क्रममा विपद्जन्य घटना घट्न नदिन सवारी सञ्चालनमा रोक लगाइएको जारी सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण